झापाको झिलझिलेमा जिप र मोटरसाइकल ठोक्किंदा तीन जनाको ज्यान गयो

झापा /  झापाको शिवसताक्षी–८ झिलझिलेमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आज बिहान साढे ५ बजे पूर्वपश्चिम राजमार्गको झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको जिप ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत