कार दुर्घटनामा पूर्ववडाध्यक्षको मृत्यु, एक घाइते

डडेल्धुरा /  डडेल्धुरामा कार दुर्घटना हुँदा अमरगढी नगरपालिका वडा नम्बर ७ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ। दुर्घटनामा पूर्व वडा अध्यक्ष केशव भट्टराईको मृत्यु भएको हो।


मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको थियो। 

 जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन्।


उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत