गठबन्धन कति दिनसम्म चल्छ भन्न सक्दिनँ : माधव नेपाल

काठमाण्डौ /  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ ।

नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज बिहान काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको बताउनुभयो ।

कसैका धाकधम्की, गालीगलौज सुन्नका लागि आफूहरू राजनीतिमा नआएको अध्यक्ष नेपालको भनाइ छ । वर्तमान सत्ता गठबन्धनमा सहजता महसुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत