सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन चैत २३ गते हुने

अध्यक्षमा रसाइली र रामुदामुको दावी

काठमाडौ / नेपाल सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन आगामी चैत २३ र २४ गते हुन भएको छ । चौथो महाधिवेशनको लागि बरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली अध्यक्षका  रुपमा उम्मेदवारी  घोषणा गरि चुनाबि तयारिमा जुटेका छन् । अध्यक्षका उम्मेदवार रसाइलीले प्रदेशको निर्वाचनमा  सातै सभापति आफ्नै प्यानलबाट निर्वाचित गराएर आफ्नो जित पक्का गरेका छन् । हक्कि स्वभाव सरल र सहज व्यवहारको कारण पनि रसाइली आम व्यवसायी बिच लोकप्रिय छन् । रसाइली महासघको केन्द्रिय सदस्य हुदै दुई कार्यकाल उपाध्यक्ष र हाल बरिष्ठ उपाध्यक्ष छन् । यस अघिको महासघको निर्वाचनमा रसाइली सबै भन्दा बढि लोकप्रिय मत ल्याउने ब्यक्ति हुन् । रणनितिक रुपमा पनि योजना बनाउन सक्ने क्षमता भएका रसाइली सङ्ग अन्य उम्मेदवारको प्रतिस्पर्धा नै नहुने व्यवसायीहरु बताउछन । रसाइलीले आफ्नो टिममा उस्तै योग्य ब्यक्तिहरुको  समुह बनाएकोले पनि यस पटक कुनै प्रतिस्पर्धा नै नहुने व्यवसायीहरुले बताएका छन् । "न्याय, समानता, समावेशी र गतिशील महासंघको लागी हाम्रो अभियान" भन्ने नारा सहित चुनावि माहोलमा होमिएका रसाइलीले आफ्नो टिमबाट बरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य, महासचिवमा किरणभाई बज्रचार्य र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई तिन खम्बाको रुपमा उम्मेदवार बनाएका छन् । उनले महासघको हालका महासचिव धर्मसुन्दर बज्रचार्य, बुद्वि बहादुर बिक र राजु धमलालाई पनि उपाध्यक्षमा खडा गरेका छन् । यसरी योग्य ब्यक्तिहरुको छनोट नै रसाइलीको जितको बलियो आधार देखिएको छ ।

यसैगरी अध्यक्ष पदमा अर्का उपाध्यक्ष बिपिन रामुदामुले पनि घोषणा गरेका छन । दुबै अध्यक्षका उम्मेदवार ब्यवसायी भेटघाटमा व्यस्त छन् । दुबै उम्मेदवारले जिल्ला जिल्लाका व्यवसायीहरुलाई  भेटघाट गरि आफुलाई सहयोग गर्न आव्हान गरेका छन् । १५ हजार भन्दा बढि ब्यवासयीहरु रहेको महासघको ४६  जिल्लामा शाखा रहेको छ । महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक समेत गरेर करिव १ हजार ५ सय ब्यवसायी सहभागिता जनाउने छन् । सभापतिका दुबै उम्मेदवार उपत्यका बाहिर चितवनका व्यवसायी हुन ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत