युएई / अन्तराष्ट्रिय सेफ सोसाइटी केन्द्रीय समितिले विभिन्न देशमा आफ्नो संजाल बिस्तार गरेको छ । नेपाल, युएई, अमेरिका, युरोप सहित १८ वटा देशमा शाखा संजाल बिस्तार गरिएको हो ।
नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरउन्नतिको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ विश्वभर छरिएर रहेका सेफहरुलाई सङ्गठित गरिएको अन्तराष्ट्रिय सेफ सोसाइटी केन्द्रीय अध्यक्ष अरुण अधिकारीले जानकारी दिनुभयो ।
दक्ष जनशक्ती उत्पादन गरी नेपाली खाना र परीकारलाई प्रचार प्रसार गर्ने मुख्य उद्देश्यले एकिकृत भएका सेफ (भान्से) हरुले बिभिन्न देशमा रहेका नेपाली सेफहरुलाई एउटै सस्थामा जोड्न अन्तराष्ट्रिय रुपमै सस्थालाई विस्तार गर्न लागेका हुन ।
सोसाइटीले बिभिन्न देशमा रहेका अन्य देशका सेफहरु सँग समेत हातेमालो गर्दै काम गर्ने जनाएको छ । संसारभरका सेफहरुलाई सस्थामा आबद्द भई एकत्रित हुन अध्यक्ष अधिकारीले अनुरोध समेत गर्नुभएको छ ।
विस्तारित कमिटीको नेतृत्व यस प्रकार छ ।
नेपाल
संयोजक : बसन्त राई
सहसंयोजक : शिवहरी घिमिरे
कतार
संयोजक : सुकदेव पन्त
सहसंयोजक : डिबि कार्की
ओमान
संयोजक : बिमल कार्की
सहसंयोजक : पत्थर राई
साउदी अरब
संयोजक : सरोज थापा
सहसंयोजक : बिमल खत्री
माल्टा
संयोजक : बासुदेभ भुसाल
सहसंयोजक : बाबु अर्याल
माल्दिभ्स
संयोजक : बरुण कुमार सिंह
सहसंयोजक : टेक लाल खनाल
पोर्चुगल
संयोजक : अनिश भट्ट
सहसंयोजक : सबिन लामिछाने
युएई
संयोजक : राजकुमार गिरि
सहसंयोजक : हिउमन लिम्बु
क्यानडा
संयोजक : दिपक कार्की
सहसंयोजक : इश्वर पन्त
जापान
संयोजक : रामचन्द्र सोती
अष्ट्रीया
संयोजक : रामकुमार जोशी
अष्ट्रेलिया साउथ
संयोजक : खेम बराल
सहसंयोजक : टोम खनाल
अष्ट्रेलिया नर्थ
संयोजक : सुवास थापा
सहसंयोजक : भबि खनाल
अमेरिका साउथ
संयोजक : नारायण थपलिया
सहसंयोजक : बेद अधिकारी
अमेरिका नर्थ
संयोजक : सुरेश बस्नेत
सहसंयोजक : राम थापा
बेलायत
संयोजक :कुमारप्रसाद तिमल्सिना
सहसंयोजक : सुदिप दाहाल
स्विजरल्याण्ड
संयोजक : अर्जुन बहादुर थापा
कम्बोडिया
संयोजक : ज्ञान राना
यसैगरी सेफ सोसाइटीको १४ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । सचिवालयमा केन्द्रीय अध्यक्ष अधिकारी सहित श्याम अमगाई अष्ट्रेलिया, सरोज थापा साउदी अरब, नारायण थपलिया साउथ अमेरिका, सुवास थापा अष्ट्रेलिया, शहदेव पन्त कतार, अर्जुनबहादुर थापा स्विजरल्याण्ड, खेम बराल अष्ट्रेलिया, सुरेस बस्नेत नर्थ अमेरिका, लालबहादुर विश्वकर्मा र एलबि कौशल नेपाल, योगेन्द्र थापा साउदी अरब, राजन भण्डारी साउदी अरब, उद्दव श्रेष्ठ र प्रकाश कटुवाल युएई रहनुभएको छ ।
प्रतिकृया दिनुहोस