आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ / सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत