नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न १० विधामा पुरस्कार घोषणा

काठमाण्डौ / नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० विधामा पुरस्कार घोषणा गरेको छ । खगेन्द्र संग्रौलालाई अनुवाद पुरस्कार र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई दर्शन पुरस्कार प्रदान गर्ने निर्णय गरेको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

यस्तै शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई समालोचना तथा साहित्येतिहास पुरस्कार, प्राध्यापक डाक्टर देवीप्रसाद गौतमलाई भाषा पुरस्कार, वम देवानलाई साहित्य पुरस्कार (पद्य), राजवलाई साहित्य पुरस्कार (गद्य), गंगा कर्माचार्यलाई बालसाहित्य पुरस्कार र पदम विश्वकर्मालाई अन्तर्देशीय पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

नेपाल प्रज्ञान प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने यी पुरस्कारकाे राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत